आरम्भ कलेजमा ‘पब्जी’ प्रतियोगिता सम्पन्न

Published Date: 02 Aug 2024

आरम्भ कलेजमा ‘पब्जी’ प्रतियोगिता सम्पन्न

13 July , 2024

 

इन्टरयाक्ट क्लब अफ सनराइजले आयोजना गरेको ‘पब्जी’ अनलाइन खेल प्रतिस्पर्धाको सेमीफाइनल र फाइनल खेल शनिबार र आइतबार आरम्भ कलेज, भरतपुरमा सम्पन्न भयो। फाइनलमा पुगेका १६ वटा समूहमध्ये काठमाडौंको फोर डिएम समूहले उपाधि जित्यो। उपाधि विजेता फोर डिएमले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगितामा दोस्रो हुने समूहले १५ हजार, तेस्रो हुनेले ८ हजार, चौथो र पाँचौं हुनेले २ हजार ५ सय र सर्वाधिक मरण (हाइएस्ट किल) गर्ने समूहले २ हजार रुपैयाँ पुरस्कार जिते।

सेमीफाइनल र फाइनल खेल स्थलमा (ल्यान्ड) आरम्भ कलेजमा आयोजना भएको थियो भने प्रारम्भिक चरणका खेल अनलाइनमा भएका थिए। प्रारम्भिक चरणमा ६ जनाका दरले ६४ वटा समूह सहभागी थिए भने सेमीफाइनलमा आठ जिल्लाका २० वटा समूह सहभागी थिए, जहाँ प्रत्येक समूहमा ५ जना थिए। फाइनलमा भने एक समूहमा चार जनाका दरले १६ वटा समूह भिडेका थिए।

आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले डिजिटल प्लेटफर्ममा ई–स्पोर्टस्लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले प्रतियोगिताका सहभागीमध्ये चार जनालाई आरम्भ कलेजमा अध्ययन गर्दा जनही एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने बताए।

 

Source Link: आरम्भ कलेजमा ‘पब्जी’ प्रतियोगिता सम्पन्न (kayakairan.com)

 

 

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026