एक करोड बत्तीस लाख रुपैयाँ छात्रवृत्ति र गुणस्तरीय शिक्षाको प्रतिज्ञा

Published Date: 29 Jul 2024

एक करोड बत्तीस लाख रुपैयाँ छात्रवृत्ति र गुणस्तरीय शिक्षाको प्रतिज्ञा

20 August , 2023

चितवन – चितवनको भरतपुरमा आरम्भ कलेजले यो शैक्षिक सत्रदेखि संचालनमा आउने घोषणा गरेको छ। कलेजले पहिलो वर्षमा विद्यार्थीहरूलाई एक करोड बत्तीस लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिनेछ। त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गत व्याचलर अफ होटल म्यानेजमेन्ट (B.H.M.) र व्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट (B.I.M.) कार्यक्रमहरू सञ्चालन हुने कलेजमा कुल १३२ सिट उपलब्ध छ। पहिलो वर्षमा सबै विद्यार्थीहरूलाई समान रूपमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, काठमाडौंका केही स्थापित कलेजका संचालकहरूको लगानीमा करिब १२ कट्ठा क्षेत्रफलमा यो कलेज स्थापना गरिएको हो। कलेज परिसरमा दुईवटा भवनहरू रहनेछन्, जसमा फुटसल, स्विमिङ पुल, बास्केटबल र सभाहल जस्ता सुविधाहरू पनि उपलब्ध गराइनेछ।

कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नमा जोड दिनेछ। आरम्भ कलेजको स्थापना सँगै चितवनका विद्यार्थीहरूले स्वदेशमै उच्च गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नेछन्। बैदेशिक शिक्षामा जान नपर्ने र स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसरहरू पाउने वातावरण निर्माण गर्ने उद्देश्यले कलेज स्थापना गरिएको हो।

आरम्भ कलेजले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक भविष्य उज्ज्वल बनाउन समर्पित छ र गुणस्तरीय शिक्षाको लागि आधुनिक सुविधासहितको शैक्षिक वातावरण प्रदान गर्नेछ।

Source Link:-  आरम्भ कलेज चितवनले १ करोड ३२ लाख बराबरको स्कलरशिप दिने (nagarikvoice.com)

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026