चितवनको आरम्भ कलेज, छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल

Published Date: 02 Aug 2024

चितवनको आरम्भ कलेज, छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल

21 July, 2024

 

चितवनको भरतपुर-११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको दाबी गरेको छ। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कलेजले यो जानकारी दिएको हो।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले स्थापनाको दोस्रो वर्षमा विद्यार्थी र अभिभावकको उत्साह देखेर खुसी लागेको बताए। उनले बीआइएम (ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कार्यक्रमबारे जानकारी दिन विभिन्न स्थानमा कार्यक्रमहरू गरिरहेको बताए।

कलेजले आकर्षक छात्रवृत्तिका साथ गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ। स्थापनाकालमा १ करोड ३१ लाखको छात्रवृत्ति प्रदान गरेको कलेजले यस वर्ष २५ जनालाई ५० हजारका दरले छात्रवृत्ति दिने योजना बनाएको छ। हेटौंडाबाट आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ।

बीएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले “पढ्दै कमाउँदै” नारालाई सार्थक पार्दै अघि बढेको कलेजमा पहिलो वर्षजस्तै दोस्रो वर्षमा पनि सतप्रतिशत विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको बताए। कलेजमा करिब २५० विद्यार्थी अध्ययनरत छन्, जसमा करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेका छन्।

कलेजले बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले बीआइएम र बीएचएम कार्यक्रमद्वारा प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीलाई योग्य, सक्षम र सफल बनाउने विश्वास लिएको छ।

पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति रहेको थियो।

 

Source Link: चितवनको आरम्भ कलेज, छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल (chhaharinetwork.com)

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026