छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आरम्भ कलेज-

Published Date: 30 Jul 2024

छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आरम्भ कलेज-

14 March, 2024

 

छोटो समयमा नै विद्यार्थी र अभिभावकहरूको मन जित्न सफल भएको छ। गत शैक्षिक सत्रदेखि बीआईएम (ब्याचलर अफ इन्फर्मेसन मेनेजमेन्ट) र बीएचएम (ब्याचलर अफ होटल मेनेजमेन्ट) कक्षाहरू सञ्चालनमा ल्याएको कलेजमा क्षमता भन्दा तीन गुणा बढी आवेदन प्राप्त भएको छ। दक्ष र अनुभवी शिक्षकहरूको अध्यापनका कारण विद्यार्थीहरूको आकर्षण बढेको हो।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार बीआईएम र बीएचएम कार्यक्रमहरूमा अत्यधिक रुचि देखिएको छ। पहिलो वर्षमा ६६ सिटका लागि बीआईएममा २१५ र बीएचएममा २१५ आवेदन प्राप्त भएका थिए। यस संकायले स्वदेश तथा विदेशमा सजिलै रोजगार पाउने सम्भावना भएकोले विद्यार्थीहरूको आकर्षण बढेको शिवाकोटीले बताए।

कलेजले ९ वटा जिल्लाका २७०० विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र तालिम कार्यक्रमहरू गरेको छ। अन्य कलेजका ३७५ जना प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा, र संचालक समितिका अध्यक्षसँग पनि अन्तरक्रिया गरिएको छ। प्रथम सेमेस्टरका ५० प्रतिशत बीएचएम र ४० प्रतिशत बीआईएम विद्यार्थीले इन्टर्नसिप र रोजगार प्राप्त गरेका छन्।

कलेजमा अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, र यथेष्ट पार्किङ्ग जस्ता सुविधाहरू छन्। प्राचार्य शिवाकोटीले चितवनलाई अध्ययनको हब बनाउने योजना रहेको बताए। विदेशका केही कलेज तथा विश्वविद्यालयसँग समझदारी भईसकेकोले भविष्यमा विदेशबाट पनि विद्यार्थीहरूलाई अध्ययनको लागि आकर्षित गर्ने उद्देश्य रहेको छ। कलेजले नेपाललाई शिक्षाको केन्द्र बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्नमा लागि परेको छ।

 

Source Link:- छोटो समयमै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आरम्भ कलेज(hellochitwanonline.com)

 

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026