पढ्दै, कमाउँदै’ अवधारणासहित आरम्भमा बिएचएम र बिआइएम

Published Date: 02 Aug 2024

पढ्दै, कमाउँदै’ अवधारणासहित आरम्भमा बिएचएम र बिआइएम

21 July, 2024

 

चितवनको भरतपुर स्थित आरम्भ कलेजले आगामी शैक्षिक सत्रका लागि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले भर्ना बारे जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आरम्भ कलेजले ‘पढ्दै, कमाउँदै’ अवधारणा अपनाएको छ, जसअन्तर्गत विद्यार्थीहरूले पहिलो वर्षदेखि नै अध्ययनसँगै काम गर्न सक्नेछन्। भर्ना प्रक्रियामा विद्यार्थीहरूले एसइईमा कम्तीमा डी ग्रेड ल्याएको र सिम्याट परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ। दुवै कार्यक्रम चार वर्षीय हुनेछन्, जसमा हरेक वर्ष दुई सेमेस्टर गरी कुल आठ सेमेस्टर पढाई हुनेछ।

बिएचएम प्रोग्राम हेड दिपेन्द्र सुबेदीले कलेज स्थापनाको पहिलो वर्षमै ९७ प्रतिशत भर्ना दर हासिल गरेको बताउँदै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए। कलेजले विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँसम्मको छात्रवृत्तिको व्यवस्था गरेको छ र चौथो वर्षमा विदेशमा इन्टर्नसिप गर्ने अवसर पनि प्रदान गरिने जानकारी दिइएको छ।

२०८१ सालमा स्थापना भएको आरम्भ कलेजले गुणस्तरीय शिक्षाको साथै व्यावहारिक सीप र उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको छ। बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बिएचएम प्रोग्रामले होटल व्यवस्थापन, पर्यटन, इभेन्ट म्यानेजमेन्ट र खाद्य तथा पेय सेवा जस्ता विविध क्षेत्रहरूमा गहन ज्ञान र व्यावहारिक सीपहरू प्रदान गर्दछ।

बिआइएम कार्यक्रमले सूचना प्रविधि र व्यवस्थापनको संयोजनमा विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्दछ। बिआइएमले व्यवसायिक प्रक्रियाहरू, डाटा विश्लेषण, सूचना प्रणाली विकास र परियोजना व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा ज्ञान र सीप प्रदान गर्दछ। डिजिटल युगमा, बिआइएम स्नातकहरूको माग विभिन्न उद्योगहरूमा निरन्तर बढिरहेको छ।

 

Source Link: पढ्दै, कमाउँदै’ अवधारणासहित आरम्भमा बिएचएम र बिआइएम (infonepalonline.com)

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026