पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

Published Date: 02 Aug 2024

पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज

21 July, 2024

 

चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले विद्यार्थीलाई सीपसहित रोजगारीमा जोड्ने उद्देश्यका साथ ‘पढ्दै कमाउँदै’ भन्ने नारालाई सार्थकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले होटल म्यानेजमेन्ट (बीएचएम) र इन्फर्मेसन म्यानेजमेन्ट (बीआइएम) कार्यक्रमहरू चलाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।

आइतबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीएचएमको शुल्क ७ लाख ५० हजार र बीआइएमको शुल्क ६ लाख रुपैयाँ निर्धारण गरिएको जानकारी दिए। कलेजले छात्रवृत्तिको व्यवस्था समेत गरेको छ। मकवानपुरबाट चितवनको आरम्भ कलेजमा पढ्न चाहनेलाई विशेष छुटको व्यवस्था गरिएको छ।

बीएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले कलेजमा चितवनसहित मकवानपुर र आसपासका जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिए। सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल र देवराज दाहाल लगायतको आतिथ्यता थियो। कलेजले विद्यार्थीको भविष्य उज्वल बनाउन र सीपसँगै रोजगारीमा जोड्न विशेष ध्यान दिँदै शिक्षा प्रदान गरिरहेको दाबी गरेको छ।

 

Source Link: पढ्दै कमाउँदै अभियानमा आरम्भ कलेज (pradeshsanchar.com)

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026