बीएचएम र बीआइएमको गन्तव्य बन्दै आरम्भ कलेज

Published Date: 02 Aug 2024

बीएचएम र बीआइएमको गन्तव्य बन्दै आरम्भ कलेज

21 July, 2024

 

चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले ‘पढ्दै कमाउँदै’ नारालाई सार्थकता दिँदै बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) र बीआइएम (ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट) कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कलेजले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आकर्षक छात्रवृत्ति र गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिएको थियो।

प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ। कलेजले पहिलो वर्षमा १ करोड ३१ लाख रुपैयाँको छात्रवृत्ति दिएको र यस वर्ष २५ जनालाई ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिनेछ। मकवानपुरबाट चितवनको आरम्भ कलेजमा अध्ययन गर्न चाहनेलाई विशेष छुटको व्यवस्था गरिएको छ।

बीएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपासका जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिए। कलेजमा १२ कठ्ठा क्षेत्रफलमा बास्केटबल कोर्ट, फुटसल, पौडी पोखरी र सभाहल लगायतका सुविधाहरू छन्। सबै कक्षाकोठामा एसी जडान गरिएको छ।

पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता थियो। देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आरम्भ कलेजले विद्यार्थीलाई सीपसहित रोजगारीमा जोड्ने उद्देश्य राखेको छ।

 

Source Link:  बीएचएम र बीआइएमको गन्तव्य बन्दै आरम्भ कलेज (sidhakhabar.com)

Other Recent Blogs
BHM Internship Interview Questions in Nepal: How to Prepare for Hotels and Resorts

26 Aug 2026


Hotel Management Course After +2 in Nepal: BHM, Diploma, or Hospitality Degree?

26 Aug 2026


Is BITM Difficult? Coding, Mathematics, Management Subjects & Workload Explained

26 Aug 2026


Mixology in Nepal: Courses, Skills, Salary and Career Opportunities

26 Aug 2026