विदेशी विद्यार्थीलाई आकर्षित गर्दै आरम्भ कलेज

Published Date: 30 Jul 2024

विदेशी विद्यार्थीलाई आकर्षित गर्दै आरम्भ कलेज

14 March , 2024

 

चितवनमा विभिन्न संकाय र विषयका कलेजहरूको संख्या बढिरहेको छ। चितवन देशकै केन्द्र हुँदै शैक्षिक हबको रूपमा विकास भइरहेकोले यहाँ धेरै कलेजहरू खुलेका छन्। ती कलेजहरूको भीडमा पनि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ।

गत शैक्षिक सत्रदेखि मात्र स्नातक बीआईएम (ब्याचलर अफ इन्फर्मेसन मेनेजमेन्ट) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) कक्षाहरू सञ्चालन गरेको आरम्भ कलेजमा क्षमता भन्दा तीन गुणा बढी आवेदन प्राप्त भएको छ। दक्ष र अनुभवि शिक्षकहरूले अध्यापन गर्ने भएकोले विद्यार्थीहरूको आकर्षण बढेको छ।

कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार बीआईएम र बीएचएम संकायमा विद्यार्थीहरूको अत्यधिक आकर्षण छ। बीआईएममा ६६ सिटका लागि २१५ आवेदन र बीएचएममा पनि ६६ सिटका लागि २१५ आवेदन प्राप्त भएका छन्। २१ औं शताब्दीमा यी संकायहरूले स्वदेश तथा विदेशमा सजिलै रोजगार पाउने सम्भावना भएकाले विद्यार्थीहरूको आकर्षण बढेको छ।

आरम्भ कलेजले हालसम्म ९ जिल्लाका २७०० विद्यार्थीहरूबीच प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, र तालिम कार्यक्रमहरू सञ्चालन गरेको छ। अन्य कलेजका ३७५ प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा, र संचालक समितिका अध्यक्षसँग पनि अन्तरक्रिया गरिएको छ।

प्रथम सेमेस्टरका बीआईएम र बीएचएम विद्यार्थीमध्ये ५०% बीएचएम र ४०% बीआईएम विद्यार्थीले इन्टर्नसिपसँगै रोजगार प्राप्त गरेका छन्। बीआईएम विद्यार्थीहरूले ईन्सुरेन्स, वित्तीय संस्था, विभिन्न उद्योग, आईटी कम्पनी, र आउटसोर्सिङ्ग क्षेत्रमा काम गर्न सक्ने भएकाले आकर्षण बढेको छ।

कलेजमा सैद्धान्तिक शिक्षासँग व्यवहारिक शिक्षाका लागि अत्याधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, र यथेष्ट पार्किङ्ग सुविधा छ। कलेजले नेपाललाई शिक्षाको अध्ययनको केन्द्र बनाउन र गुणस्तरीय शिक्षा दिन विदेशी विद्यार्थीहरूलाई नेपाल ल्याउन प्रयासरत रहेको छ।

 

Source Link:- विदेशी विद्यार्थीलाई आकर्षित गर्दै आरम्भ कलेज(satyatathyasamachar.com)

 

Other Recent Blogs
Is BBA Good for MBA Abroad After Graduation?

31 Jul 2026


BBA vs BITM in Nepal: Which One Fits the 2026 Economy?

31 Jul 2026


BBA in Nepal vs Abroad: Which Path Gives Better ROI?

31 Jul 2026


Can BBM Students Study an MBA Abroad? A Guide for Nepali Students

31 Jul 2026