शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड

Published Date: 14 Aug 2024

शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड

2 July , 2024

 

भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजना र आरम्भ कलेजको सहकार्यमा "Building a Startup Culture in Universities" विषयक प्यानल डिस्कसन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता पौडेलले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी दिएकी थिइन्। कार्यक्रमको मोडरेसन कार्यक्रम अधिकृत कल्पना आचार्यले गर्नुभएको थियो।

प्यानलमा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, संघका पूर्व उपाध्यक्ष प्रतिभा श्रेष्ठ, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका निर्देशक भरत दुवाडी, र इन्जिनियर अधिकार चालिसे सहभागी थिए। प्यानलिष्टहरुले शिक्षा र उद्यमशीलतालाई जोड्दै विश्वविद्यालयहरूमा स्टार्टअप कल्चरलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

प्यानलिस्ट प्रतिभा श्रेष्ठले नेपालमा उद्यमशीलता फस्टाउँदैछ वा घट्दैछ भन्ने विषयमा विचार व्यक्त गर्दै, नेपालमा युवाहरुले भविष्य नदेख्नुको कारण, लगानीका क्षेत्र र अवसरहरूबारे चर्चा गरिन्। त्यस्तै, प्यानलिस्ट भरत दवाडीले उद्योगहरूका वर्तमान चुनौतीहरू, नेपालमा अर्गानिक वस्तुको व्यवसायको स्थिति, र युवालाई उद्यमशीलतामा प्रेरित गर्न सरकारका प्रयासहरूबारे बहस गरे।

प्यानलिस्ट सृजना सोतीले नेपालमा महिला उद्यमीहरूले दिएको योगदानको महत्त्व र त्यसको अवस्थाबारे आफ्नो धारणा राखिन्। अर्का प्यानलिस्ट अधिकार चालिसेले युवाहरूको उद्यमशीलतामा रुचि, शिक्षा पद्धतिमा आवश्यक सुधारहरू, र नीतिगत परिवर्तनबारे बहस गरे।

कार्यक्रममा सहकार्य गरेको आरम्भ कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले शिक्षालाई सिपमा जोड्न कलेजले गरेका प्रयासबारे प्रकाश पारे। कार्यक्रमका अन्त्यमा, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष पार्वती कूबँरले प्यानलिस्टहरुलाई मायाको चिनो प्रदान गरिन् भने उपाध्यक्ष कविता श्रेष्ठले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरिन्।

 

Source Link:-  शिक्षालाई उद्यमशिलतामा जोड्दै लैजानु पर्नेमा जोड (www.ujyalotimes.com)

Other Recent Blogs
Is BBA Good for MBA Abroad After Graduation?

31 Jul 2026


BBA vs BITM in Nepal: Which One Fits the 2026 Economy?

31 Jul 2026


BBA in Nepal vs Abroad: Which Path Gives Better ROI?

31 Jul 2026


Can BBM Students Study an MBA Abroad? A Guide for Nepali Students

31 Jul 2026