आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

Published Date: 29 Apr 2026

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आरम्भ कलेजद्वारा आयोजित तीन दिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चार वर्षे  सेमेस्टर प्रणाली अन्तर्गतको बिएचएम एवं  बिआइटीएम कार्यक्रम  सञ्चालन गर्दै आएको भरतपुरको अग्रणी संस्था आरम्भ कलेजले उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको थियो।

तालिम कार्यक्रममा विभिन्न प्राइभेट एवं सामुदायिक  गरी १५ वटा भन्दा बढी संस्थाहरूको सहभागिता रहेको थियो भने विभिन्न विषयका प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने ३५ भन्दा बढी अनुसन्धानकर्ता एवं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्यांक संकलन विधि, तथ्यांक विश्लेषण, प्रतिवेदन लेखन तथा अनुसन्धान नैतिकताका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका रिसोर्स पर्सनको रुपमा  एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ , डा. गोविन्द ढुङ्गाना एवं डा. गुणराज क्षेत्री रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमतालाई सहयोग प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको  र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने जानकारी गराउनुभयो। साथै कार्यक्रमको सुरुवाती सत्रमा विभिन्न कलेजका प्राचार्यज्यूहरूले धेरैभन्दा धेरै शैक्षिक संस्थाहरूलाई   निमन्त्रणा गरी कार्यक्रम आयोजना गर्नुभएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

समापन समारोहमा बोल्दै प्रमुख अतिथिले अनुसन्धान ज्ञान, नवप्रवर्तन र सामाजिक विकासको आधार भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न आग्रह गरे। कलेजका प्रतिनिधिले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए। प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, ज्ञानवर्धक तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ।

Read this news at One Step Khabar.

Other Recent Blogs
Is BBA Good for MBA Abroad After Graduation?

31 Jul 2026


BBA vs BITM in Nepal: Which One Fits the 2026 Economy?

31 Jul 2026


Can BBM Students Study an MBA Abroad? A Guide for Nepali Students

31 Jul 2026


BBA in Nepal vs Abroad: Which Path Gives Better ROI?

31 Jul 2026