Published Date: 19 May 2026
चितवन : भरतपुर–११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै चितवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले बिएचएम तथा बिआइटिएम चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
बिएचएमतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । नेबिका मैनालीले ३.८३ जिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ वम्जम तामाङले ३.८० जिपिएसहित तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् । अङ्गिता अधिकारीले ३.८१ जिपिएसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ जिपिएसहित तेस्रो स्थान हासिल गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ ।